एनआरएनए युकेको अध्यक्षमा हितकाजी गुरुङ

0

गैर आवासीय नेपाली संघ बेलायतको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित हुनु भएकोछ । शनिबार सम्पन्न अनलाइन मतदानमा गुरुङले १४७९ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाका निकतम प्रतिद्धन्दी दिनेश घिमिरेले १२५४ मत र नारायण कंडेलले ९०४ मत सहित उपविजेता हुनु भएको छ । त्यसै गरी दुई उपाध्यक्षमा  रविन्द्र कंडेल १४५६ मत र सुरेश परियार १३१२ मत प्राप्त गरि निर्वाचित हुनुभएकोछ ।

उपाध्यक्षका उम्मेद्वारहरु ज्ञानेन्द्र आले ८७८ मत कर्मा पहाडी शेर्पा ८७६ मत, अमन गौचन ४२९ मत प्राप्त गर्नु भयो । स्कटल्याण्डका लागि उपाध्यक्षमा मनिष खत्री १६१५ मत सहित निर्वाचित हुनु भएकोछ भने अर्का उम्मेद्वार राम बगालेले १५३० मत पाउनु भएकोछ ।

महासचिवमा गोविन्द शर्मा खरेल १५८१ मत पाएर निर्वाचित हुनु भएको छ, उहाका निकटतम प्रतिद्वन्दी बालकृष्ण भुषालले १५३७ मत सहित उपविजेता बन्नु भएकोछ । सहकोषाध्यक्षमा हेमकुमार गुरुङ १८७५ मत पाएर निर्वाचित हुँदा सुमन शर्मा १४३८ मत सहित उपविजेता हुनु भएको छ । युवा संयोजक सुजित शाही १५७२ मत प्राप्त गरि निर्वाचित हुनु भएकोछ, युवा संयोजक अर्का उम्मेद्वार वीरेन्द्र नेपालले १३५४ मत प्राप्त गर्नु भएकोछ ।

आइसीसी सदस्यहरुमा दिलरस गुरुङ १८६३ मत सुनीलबाबु खड्का १६९८ मत चन्द्र गुरुङ १६९० मत विष्णु चालिसे १६४३ मत प्रात गरि निर्वाचित हुनुभएको छ भने मोहन कार्की १३१२ मत डा. सुनील साह ९०५ मत सहित उपविजेता बन्नु भएकोछ ।

इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा शम्भुप्रसाद अर्याल १५५५ मत सहित निर्वाचित हुँदा सन्तोषकुमार सुवेदीले ८५८ मत पाउनु भएकोछ ।

स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा दिवाकर पाण्डे २४५ मत सहित निर्वाचित हुनुभएको छ भने उज्वल कार्कीले २४० मत पाउनुभएकोछ ।
शनिबार भएको मतदानका लागि कुल ४ हजार १ सय ८३ गैर आवासीय नेपालीहरु पन्जिक्रित सदस्य बनेकामा ३ हजार ७ सय २८ जनाले मतदानमा भाग लिएको एनआरएनए युरोप उपसंयोजक एंव केन्द्रीय प्रतिनिधि दयानिधि सापकोटाले जानकारी गराउनु भएको छ ।

अस्ट्रेलियाको अनलाइन भोटिङ गराउने कम्पनी भेरोले एनआरएनए युकेको अनलाइन मतदान गराएको हो ।

Leave A Reply

Your email address will not be published.