०४६ यताको पुस्तामा सत्ता राजनीति हावी भयो, मूल्य-मान्यता हरायो : कांग्रेस नेता श्रेष्ठ

0

कांग्रेस नेता प्रकाशमान सिंहले ०४६ पछिको पुस्तामा सत्ता राजनीतिक हावी भएको जिकिर गरेका छन् । जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी हुँदा मूल्य मान्यताको राजनीति कमजोर बनेको उनको भनाइ छ ।

‘०४६ अगाडि र पछाडिको पुस्तामा फरक देखिन्छ । ०४६ यताको पुस्तामा जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हावी छ । त्यसैले मूल्य मान्यताको राजनीति कमजोर बन्दै गएको हो,’ राजधानीमा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा श्रेष्ठले भने ।

विधान अनुसार अघि नबढ्दा पार्टीभित्र समस्या देखिएको भन्दै उनले विधानको पालना गर्दै पार्टीलाई अगाडि बढाए मात्र आगामी दिनमा आउने चुनौती सामना गर्न सकिने बताए ।

‘‘मैले १०औँ महाधिवेशनदेखि नै पार्टी विधान नियमअनुसार चल्नुपर्छ भन्दै आएको छु । कार्यकर्तालाई चित्तबुझ्ने ठाउँमा पुर्याउने हो भने, जनता र कार्यकर्तालाई चित्त बुझ्ने अवस्थामा पुर्याउने हो भने यसको विकल्प छैन,’ उनले भने, ‘विधानअनुसार पार्टी नचलाए गुनासो रहिरहन्छ ।’

पार्टीमा समस्या भयो भनेर मात्र नहुने बताएका श्रेष्ठले अब विधानले निर्देशित गरेका सबै काम गरेर अघि बढे समस्या समाधान हुने दावी गरे । कांग्रेसको केन्द्रीय बैठकले जनतालाई के दिने सन्देश दिने हो भन्नेबारे पनि बैठकले बोल्नुपर्ने उहाँको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.