बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने : गगन थापा

0

काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताउनुभएको छ । विराटनगरमा सञ्चारकमीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुनः प्रयास गर्नु स्वभाविकै भएको बताउनुभयो ।

महामन्त्री थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने जिकिर गर्नुभयो । गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पुर्‍याएर नेता बनेको बताउँदै उहाँले यो सुविधा रहेको तर्क गर्नुभयो ।

साथै उहाँले अब पार्टी केन्द्रीय समिति बैठक नसर्ने दाबीसमेत गरे असारको अन्तिम सातादेखि सुरु गर्ने भनिएको बैठक सांसदहरूको व्यस्थताका कारण सरेको भन्दै साउन २ गतेदेखि सुरु हुने बताउनुभयो । यो बैठकमा पार्टीमा कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने र खासगरी नीति महाधिवेशनको मिति तय हुने उहाँको भनाइ छ ।

उक्त नीति अधिवेशनबाट चुनावअघि गठबन्धन गर्ने प्रचलनको पनि ब्रेक गरिने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.