बेल्जियममा मनाइयो उभौली पर्ब,

0

संयुक्त किरात समाज बेल्जियमले प्रक्रिति पूजा गर्दै उभौली, साकेला पर्ब मनाएकोछ । मंगलबार एन्टवेरपेन शहरमा आयोजित एक समारोहमा समाजका अग्रज अबिभाबकहरु र अतिथिहरुले बाजागाजा सहित प्रकृतिको पूजा गरेर उभौलिको सुरुवात गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुतावास बेल्जियमका त्रितिय सचिब रमेश गैरे, बिशिष्ठ अतिथि नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगर र समाजकी अध्यक्ष कबिता सौदेनले पानसमा बत्ति बालि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

साकेला नाच, च्याब्रुङ नाच र झाकी सहित प्रस्तुत भएका किराती कलाकारहरुले परम्परागत बाजा सहित न्रित्य र गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा बेल्जियमका चर्चित गायक अर्जुन शाही ( लाहुरे कान्छा ) ले दर्शकहरुलाई बिभिन्न गीतमा नचाएका थिए ।

उभौली पर्बको शुभकामना दिदै प्रमुख अतिथि गैरेले प्रदेशमा यस खाले सान्स्कृतिक पर्बको आयोजना गरेर आफ्नो कला सस्क्रिती बारे सबैलाई जानकारी गराएकोमा खुशी ब्यक्त गर्नु भएको थियो । उहाले नेपाल बिभिधताले पूर्ण देश भएकोले यसको सान्स्कृतिक महत्व उच्च रहेकोले सबैले आफ्नो सन्स्क्र्तिलाई जगेर्न गर्नु पर्छ भन्नु भयो ।

संयुक्त किरात मोर्चा बेल्जियमका संयोजक बदन योङ्हाङ, नेपाली जनसम्पर्क समिती बेल्जियमका सभापति पूर्ण तिमील्सिना, प्रबासी नेपाली मंच बेल्जियमका अध्यक्ष इशा गुरुङ, एनआरएनए बेल्जियमका उपाध्यक्ष तिर्थ धमला, क्याट बेल्जियमकी संस्थापक अध्यक्ष सीता सापकोटा, गैर आबासीय नेपाली संघ युरोपका युबा उपसंयोजक दीपक न्यौपाने लगायतले उभौली पर्बको शुभकामना दिनु भएको थियो ।

बेल्जियममा स्थापित संघ संस्थाका प्रतिनिधिहरु, शुभचिन्तकहरु, साथै संयुक्त किरात समाज परिवारका सदस्यहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रम खानपान शुभकामना आदन प्रदान गर्दै सम्पन्न भएको थियो ।

अतिथिहरुलाई समाजकी सचिब नितिका लिम्बुले स्वागत गर्नु भएको थियो ।
संयुक्त किरात समाजका अध्यक्ष कबिता साउदेनको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन महासचिब दौलत साम्बाले गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.