एनआरएनए लग्जेम्बर्गको छैटौ अधिबेशन सम्पन्न, एकता पछि दुबै एनआरएनएका केन्द्रीय पदाधिकारी एउटै मंचमा

0

गैर आबासीय नेपाली संघ लग्जेम्बर्गको छैटौ अधिबेशन सम्पन्न भएकोछ । सोमबार भएको अधिबेशनमा प्रमुख अतिथिका रुपमा उपस्थित भएका एनआरएनएका उपाध्यक्ष राजेन्द्र कुमार शर्मा लगायतका अतिथिहरु र सहभागिहरुले ताली बजाएर अधिबेशनको शुभारम्भ गरेका थिए ।

एनसीसी लग्जेम्बर्गको छैटौ अधिबेशनमा शुभकामना दिनु हुँदै एनआरएनएका केन्द्रीय उपाध्यक्ष आरके शर्माले नेपाली नागरिकताको निरन्तरताको अभियान जारी राख्नु आबस्यक छ भन्दै प्रबासका नेपाली श्रमिकहरुलाई सहयोग गर्न एनआरएनएले कदम चाल्नु पर्छ भन्नु भयो । उहाले नेपालको सम्ब्रिद्धिका लागि थुप्रै सम्भाबना भएकोले त्यसलाई उपयोग गर्न ढिला गर्न हुन्न भन्नु भयो ।

एनआरएनएकी महासचिब जानकी गुरुङले संगठन भित्र आएका समस्या समाधान गर्न एनआरएनएका एनसीसीहरुको दबाब र एकता लागि गरिएको प्रयासले ठुलो काम गरेकोछ भन्नु भयो । एनसीसी लग्जेम्बर्गले नेपाली समुदायको एकता र आइसिसी मार्फत नेपाली समुदायको अधिकारका लागि सहकार्य गर्नेछ भन्नु भयो ।

एनआरएनए केन्द्रीय सचिब गंगाधर गौतमले एनआरएनएको उद्द्यस्य प्राप्त गर्न सहमति र सहकार्यबाट मात्र सम्भब हुने हुँदा संसार भरिका एनआरएनहरु एक भएर मातृभूमीलाई सकेको सहयोग गर्न प्रबासको नेपाली समुदायमा एकताको संदेश दिन आग्रह गर्नु भयो ।

एनआरएनएका केन्द्रीय कोषाध्यक्ष लोक दाहालले संगठनलाई सक्षम बनाउन आर्थिक रुपमा सक्षम बनाउनु पर्ने र त्यसका लागि स्थानीय सरकार र संस्था सँग मिलेर काम गर्न अनुरोध गर्नु भयो ।

एनआरएनएका युरोप सन्योजक चिन्तामणी सापकोटाले गैर नाफामुलक सामाजिक संस्था एनआरएनएलाई युरोपका स्थानीय निकाय र संस्थाहरु सँग मिलेर काम गर्दा आर्थिक समस्या नहुने, बिधि पद्धति स्थानीय कानुन अनुसार संस्था चलाएर नेपाली समुदायको पहिचान नेपाल सम्ब्रिद्धिमा मद्घत पुग्ने बताउनु भयो । सामाजिक काम गर्दा पारदर्शिता र समुदायको एकता महत्वपूर्ण हुने हुँदा त्यसको ख्याल गरेर काम गर्न अनुरोध गन्रु भयो ।

एनआरएनए युरोपका अर्का संयोजक सन्तोष भट्टराईले भाषा संस्क्रितिको संरक्षण र मातृभूमीका लागि सकेको योगदान गर्न एनआरएनएको योगदान आबस्यक रहेको र त्यसका लागि प्रबासका नेपालीहरुको एकताको आबस्यक्ता छ भन्नु भयो ।
एनआरएनए मध्यपुर्ब संयोजक मनोज गोर्खालीले एनआरएन मात्र यस्तो संगठन हो जसमा बिदेशमा रहेका हरेक नेपालीका समस्या समाधान र योज्ञताको सदुपयोग गरी देशको बिकास र ब्यक्ति स्वयमको उन्नतिमा साझेदारी गर्न सकिन्छ भन्नु भयो ।

युरोप उपसंयोजक चित्र सुबेदीले गैर आबासीय नेपाली अभियानलाई सफल बनाउनका लागि एनसिसीहरुको महत्वपूर्ण योगदान रहेको छ भन्नु भयो । उहाले संस्थामा इमान्दार भएर काम गरेका ब्यक्तिहरुलाई समाजले सधैं सम्मान गर्ने हुँदा निर्वाचनको जितहारलाई ठुलो इस्स्यु बनाउन हुँदैन भन्नु भयो ।

लग्जेम्बर्गबाट प्रतिनिधित्व गर्ने आइसिसी सदस्य एबम अध्यक्ष पदमा प्रत्यासी बालक्रिष्ण सापकोटाले एनआरएन अभियानलाई अगाडि बढाउन जिम्मेवारी लिनको लागि प्रतिस्पर्धा भए पनि नेपाली समुदायको एकता नै सबै भन्दा ठुलो आवश्यकता हो भन्नु भयो । उहाले आगामी दिनमा लग्जेम्बर्गको नेपाली समुदायलाई एकताबद्द बनाइ राख्न आफु सधैं लाग्ने बताउनु भयो ।

एनआरएनए लग्जेम्बर्गका संस्थापक अध्यक्ष नारायण गुरुङले निर्वाचनको प्रकृया सकिएर नयाँ नेत्रित्व चयन भैसकेकोले अब एकताबद्ध भएर सबैलाई समिटर संस्था छौं सुझाब दिनु भयो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले मिलेर बसेको लग्जेम्बर्गको सानो नेपाली समुदायको एकता महत्वपूर्ण हो भन्दै प्रजातान्रिक पद्धति को निर्वाचनलाई सहज लिएर आगामी दिनमा एकताबद्ध भएर अघि बढ्न् लग्जेम्बर्गबासी नेपालीहरुलाई अनुरोध गर्नु भयो ।

गैर आबासीय नेपाली संघ लग्जेम्बर्गका अध्यक्ष हरि बहादुर खत्रीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि अभियानमा निरन्तर लागि रहनेछु भन्नु भयो ।

एनआरएनए लग्जेम्बर्गका अध्यक्ष खत्रीको सभापतित्वमा भएको कार्यक्रमको संचालन एनआरएनए लग्जेम्बर्गका महासचिब बालहरि राईले गर्नुभएको थियो ।

सोही कार्यक्रम दुई एनआरएनएको एकता पछि एउटै मंचमा अतिथिको रुपमा उपस्थित एनआरएनएका उपाध्यक्ष आरके शर्मा र महासचिब जानकी गुरुङलाई संगठनमा एकता र सहमति कायम गर्नु भएकोमा एनसीसी बेल्जियमको तर्फबाट धन्यवाद दिदै मायाको चिनो प्रदान गरिएको थियो ।

साथै एनसीसी लग्जेम्बर्गको निर्वाचनमा प्रत्यासी रहेका आफ्नi प्रतिस्पर्धिहरुलाई अध्यक्ष बिमलबाबु उपाध्याय र महासचिब बालहरि राई लगायतले खादा लगाएर सम्मान गर्नु भएको थियो ।

एनआरएनए लग्जेम्बर्गको आईतबार भएको निर्वाचनबाट अध्यक्षमा बिमलबाबु उपाध्याय, उपाध्यक्षमा, युद्द बहादुर थापा, महिला उपाध्यक्षमा दुर्गा थापा, महासचिवमा बालहरि राई, सचिवमा झलक बहादुर महत, सहसचिव ध्रुव सापकोटा, कोषाध्यक्षमा विष्णु खत्री सहकोषाध्यक्षमा नवोजित निउरे निर्वाचित हुनु भएकोछ ।

आइसिसि सदस्यमा हिमाल सापकोटा र प्रवक्तामा डिपलव बराईली निर्विरोध निर्वाचित हुनुभएकोछ । महिला संयोजकमा कविता अर्याल र युवा संयोजकमा किशन खत्री निर्विरोध निर्वाचित हुनु भएकोछ ।

त्यसै गरि सदस्यहरुमा बिना अधिकारी, दीपेन्द्र बहादुर थापा , गगन बहादुर खत्री, खगराज रेग्मी, याम बहादुर थापा,केशव भट्टराई निर्वाचित,   महिला सदस्यहरुमा राधिका खत्री, देबु खत्री, संगीता रायमाझी निउरे  र पुष्पा कंडेल खरेल निर्विरोध निर्वाचित हुनुभएकोछ ।

Leave A Reply

Your email address will not be published.