सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । दाहालको बुधबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनलाई पति पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई छोरी रेणु र गंगाले दागबत्ती दिए ।

बुधबार नै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्‌को बैठकले ‘प्रथम महिला’को रुपमा राजकीय सम्मानसहित दाहालको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको छ ।

Leave A Reply

Your email address will not be published.