सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले दाहालको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । ‘यस दुःखद घडीमा सम्माननीय प्रधानमन्त्रीज्यू, शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ’, मन्त्री शर्माले सरकारका तर्फबाट जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।

दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.