तमु समाज बेल्जियममा होम गुरुङ,

0
  • बेल्जियमको जेठो सामाजिक संस्था तमु समाज बेल्जियमको अध्यक्षमा होम गुरुङ निर्बाचित हुनु भएकोछ । शनिबार सम्पन्न संस्थाको १२ औ अधिबेशनले अध्यक्षमा होम गुरुङ सहित उपाध्यक्षमा राम घले, अनिता घले, सुर्य बहादुर गुरुङ,र बबिता तमुस्यो, महासचिबमा चित्रजङ्ग गुरुङ, सचिबमा उमा तमुस्यो , कोषाध्यक्षमा इश्वरी तमुस्यो र सदस्यहरुमा बिना तमुस्यो,दिलमाया तमुस्यो, पुर्णशोभा तमुस्यो, लेखराज गुरुङलाई निर्बिरोध निर्बाचित गरेको छ ।
  • त्यसै गरि अधिबेशनले आमा समूह २०२३–२५ कार्यसमितिमा अध्यक्ष :- श्रीमती मन्दरा तमुस्यो उपाध्यक्ष :- मुना तमुस्यो उपाध्यक्ष :- श्रीमती ज्योती तमुस्यो महासचिव :- श्रीमती बिना तमुस्योसचिव :- माया तमुस्यो कोषाध्यक्ष :- श्रीमती पूर्ण शोभा तमुस्यो, सह कोषाध्यक्ष :- श्रीमती हिरा तमुस्यो
    सदस्यहरु श्रीमती सरला तमुस्यो -सेन्त्रादुन
    श्रीमती पुश्पा तमुस्यो – ब्रुसेल्स, श्रीमती मुना तमुस्यो – ब्रुसेल्स श्रीमती मिना तमुस्यो – ओस्टेन्डे, श्रीमती रिता तमुस्यो – लुबेन,  श्रीमती मोना तमुस्यो -लुबेन
    श्रीमती जिवन्ती तमुस्यो – लुबेन, श्रीमती मिसिरी तमुस्यो – लुबेन,  श्रीमती खुशी तमुस्यो – लुबेन, श्रीमती तारा तमुस्यो – लुबेन  सबैलाई निर्बाचित गरेकोछ ।

तमु समाज बेल्जियमको १२ औ अधिबेशनको बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र समाजका अबिभाबक जोगमान गुरुङले उद्घाटन गर्नु भएको थियो ।

संस्थाको अधिबेशनलाई प्रमुख अतिथी राजदुत राजभन्डारी, एनआरएनका महासचिब जानकी गुरुङ, एनआरएनएका सचिब गंगाधर गौतम , एनआरएनए बेल्जियमका अध्यक्ष खड्का बहादुर केसी, संस्थाका जेष्ठ सदस्य जोगमान गुरुङ, संस्थापन अध्यक्ष मिन गुरुङ, जनजाती महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगर लगायत बेल्जियममा सक्रिय संघ संस्थाका अध्यक्ष प्रतिनिधिहरुले सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा राजदुत राजभन्डारीलाई मायाको चिनो सहित् सम्मान

Leave A Reply

Your email address will not be published.