एनआरएनए स्विट्जरल्यान्डको अध्यक्षमा कृष्ण प्रशाद शिबाकोटी,

0

गैर आबासीय नेपाली संघ स्विटजरल्यान्डको अध्यक्षमा कृष्ण प्रशाद शिवकोटी निर्बिरोध निर्बाचित भएकाछन । आज बेर्नमा  सम्पन्न भएको  संघको आठौ महाधिबेशनले उपाध्यक्षमा जीबन भट्टराई र राकेशचन्द्र प्रजापती, महासचिबमा याम काउचा मगर, सचिबमा सुनिता तामांग, कोषाध्यक्ष बिनिता सुनार, महिला संयोजकमा चम्पा ज्ञवाली रुक्सथूल, युबा संयोजकमा आशिस परीयार, प्रबक्तामा रेशम खत्री र सदस्यमा सारा पुनलाई पनि निर्बिरोध निर्बाचित गरेकोछ ।

त्यसै गरि आइसिसी सदस्यमा पनि निबर्तमान अध्यक्ष शुभ एल्मार लामा निर्बिरोध चयन हुनु भएकोछ ।

निर्वाचन समितिका संयोजक बिष्णु प्रशाद थापा,सहसंयोजक गुणराज शर्मा र सदस्य बिदुर साङ्रौलाले गरेको निर्वाचन सर्बसम्मत नेत्रित्व चयन गरेर सम्पन्न भएको हो । नबनिर्बाचित पदाधिकारीहरुको सपथ ग्रहण र बुजबुझारथ पनि आजै सम्पन्न भएकोछ ।

आज भएको अधिबेशनमा प्रमुख अतिथि स्विट्जरल्यान्डका लागि नेपाली कार्यबाहक राजदूत उत्तम कुमार शाही, बिशेष अतिथि एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएनए आईसिसी पर्यबेक्षक आईसिसी सदस्य सिमा गौतम लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.