संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैन : अध्यक्ष तिमिल्सिना

0

काठमाडौं \ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनुभएको छ ।

शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले संसदमा विषयवस्तुहरु राख्दा आफूलाई ग्लानी हुने किसिमको नबोल्न आग्रह गर्नुभयो । उहाँले संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले विषयवस्तुमा केन्द्रित भएर सांसदहरुले आफ्ना धारणा राख्नु उचित हुनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.