सवारी तथा यातायात व्यवस्था नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

0

काठमाडौं \  सरकारले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।

त्यस्तै, सरकारले संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसल काउन्सिलको आयोजनामा न्यूयोर्कमा हुने हाइ लेभलको पोल्टिकल फोरम एण्ड सस्टेनेबल डेभलपमेण्ट विषय कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ नेतृत्व गठन गरेको छ ।

त्यस्तै, २०८० असार २४ देखि २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने फोरम एण्ड ग्लोवल एक्शन से डेभलपमेन्ट सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई स्वीकृत दिने, रास्कोट नगरपालिका नडा नम्बर ६ कालिकोट, नरहरीनाथ गाउँपालिका वडा नम्बर २ कालिकोट,राप्ती सुन्दरी गाउँपालिका वडा नम्बर ४ बाँके, रम्बा गाउँपालिका वडा नम्बर ३ पाल्पा, सितगंगा नगरपालिका वडा नम्बर १३ अर्घखाँची, जगरनाथपुर पाउँपालिका वडा नम्बर ५ पर्सा र महागढीमाई नगरपालिका वडा नम्बर ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने, २०८० साल साउन ८ देखि १० गतेसम्म संयुक्त अबर इमिरेष्ट अहुदायीमा हुने अन्तर्राष्ट्रिय सौर्य संगठन आइएसए क्षेत्री समितिको पाँचौं बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीलाई सहभागि हुन स्वीकृत दिने निर्णय गरेको छ ।

त्यस्तै सरकारले पन्देही जिल्ला साविक खुदाबगार गा.वि.सको ०१६१० विगा सरकारी जग्गा सुधाबागर आर्दश कलेजलाई भाडामा दिन स्वीकृत दिने, सिराहा जिल्ला साविकको लभकुली गा.वि.सको १ विगा १० कट्ठा जग्गा कर्जना नगरपालिकालाई १५ शैय्याको अस्पताल निर्माण गरी सञ्चालन गर्न स्वीकृत दिने, ललितपुर जिल्ला साविक र्झराराशी गा.वि.सको ९ हजार ५०० रोपनी सरकारी जग्गामध्ये ४ हजार १३३ रोपनी सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माण गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.