प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरु पक्राउ पर्न थालिसके : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास जग्गा प्रकरणका अभियुक्तहरु पक्राउ पर्न थालेको बताएका छन् ।

प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले ललिता निवासको जग्गा खान खोज्ने पक्राउ पर्न थालेको बताउँदै अनुसन्धान यत्तिमै नरोकिने बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूलो कारबाहीपछि जनतामा विश्वास जाग्न शुरु भएको पनि उनले बताए । हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनले बताए ।

प्रधानन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र जागेको बताए । आफू प्रधामनन्त्री बन्दै गर्दा श्रीलंकाजस्तो स्थिति आएको टिप्पणी भइरहेकोमा अहिले अर्थतन्त्र जागेको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.