ललिता निवास पक्ररणमा पुन: अनुसन्धान शुरु, मीनबहादुर गुरुङसहित पाँच जना पक्राउ

0

काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जना पक्राउ परेका छन् ।

गुरुङसहित, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हुन् । देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख हुन् भने गौतम र कपाली पूर्वकर्मचारी हुन् । २०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा कार्यरत थिए ।

उनीहरूविरुद्ध राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपेको अनुसन्धानका क्रममा खुलेको छ ।

डेढ वर्षअघि महान्यायाधीवक्ता कार्यालयले ठगीमा मुद्दा चल्न नसक्ने भनी फाइल बन्द गरिसकेको थियो । तर ब्युरोले पुनः अनुसन्धान शुरु गरेको हो ।

Leave A Reply

Your email address will not be published.