रास्वपाद्वारा संसद बैठक अवरोध

0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ ।

रास्वपाका सांसदहरूले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयको एकाइका रूपमा राख्ने निर्णयविरुद्ध संसद बेठक अवरोध गरेका हुन् ।

मंगलबार प्रतिनिधि सभा बैठक शुरू हुनासाथ रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्न खोजेको भन्दै संसद् चल्न नसक्ने बताएका थिए ।

रास्वपालाई नेकपा एमालेका सांसदले पनि साथ दिएका थिए । अवरोध नहटेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि सदन स्थगित भएको घोषणा गरे ।

Leave A Reply

Your email address will not be published.