राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

0

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गएकाे शनिवारदेखि महाराजगञ्जमा रहेकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले जानकारी दिनुभयो ।

डाक्टरकाे टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको निर्देशक गजुरेलले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.