धादिङ समाज बेल्जियमको अध्यक्षमा कृष्ण न्यौपाने

0

धादिङ्ग समाज बेल्जियमको अध्यक्षमा कृष्ण न्यौपाने सर्बसम्मत चयन हुनुभएकोछ । सोमबार बेल्जियमको एन्तवेरपेन शहरमा भएको समाजको दोश्रो अधिबेशनले अध्यक्षमा न्यौपाने, उपाध्यक्षमा जय तामाङ र रमेश दाहाल, महासचिबमा हरी सिंखडा, सचिबमा कबिता दाहाल र प्रेम तामाङ, कोषाध्यक्षमा रुपेन्द्र दाहाल, र सदस्यहरुमा महिन्दो वाइबा,पदम कुमारी दाहाल, रचन बोहरा, प्रशन्न पन्डित, तेज अर्याल, कमला घले, बिष्णु सिंखडा,मिलन तामाङ, रमेश अधिकारी, दिपक चन्द्र भट्ट, रन्जना सिंखडा न्यौपाने, पुष्पा तामाङलाई चयन गरेकोछ ।

धादिङ समाजको दोश्रो अधिबेशनको बेनेलक्सका लागि महामहिम राजदुत गेहेन्द्र राजभन्डारीले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो । नेपालको राष्ट्रिय गीत बजाउदै उद्घाटन गरिएको अधिबेशनको सफलताको शुभकामना दिदै प्रमुख आतिथि राजदुत राजभन्डारीले नेपाली समुदायमा सक्रिय संघ संस्था धेरै भए भनेर गरिने टिप्पणीलाई सकारात्मक लिदै उद्यस्य अनुसारका गतिबिधी गरेर मात्रिभुमिको सेवा गर्न र डायसपोरामा एकजुट हुन आग्रह गर्नु भयो ।

अधिबेशनको सफलताको कामना गर्दै एनआरएनएका केन्द्रीय कोषाध्यक्ष लोक दाहाल, एनआरएनए बेल्जियमका उपाध्यक्ष तीर्थ धमला, अन्तरराष्ट्रिय धादिङ समाजका उपाध्यक्ष कासी दनै, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, धादिङ समाज बेल्जियमका संस्थापक संयोजक रन्जन सिंखडाले शुभकामना दिनु भएको थियो ।

समाजका उपाध्यक्ष कृष्ण दाहालले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । धादिङ समाज बेल्जियमका उपाध्यक्ष जय तामाङको अध्यक्षतामा भएको उद्घाटन शत्रको संचालन महासचिब रमेश दाहालले गर्नुभएको थियो ।

अध्यक्ष मन्डलका गोपाल सिंखदाले संचालनले संचालन गरेको बन्दशत्रमा रन्जन सिंखडाले नयाँ कार्यसमितिको घोषणा गनु भएको थियो । आर्थिक प्रतिबेदन र समाजका गतिबिधी साथै बिधान कार्यसमितीको भर्चुयल बैठकले पारित गरिसकेको जानकारी गराइएको थियो ।

Leave A Reply

Your email address will not be published.