बजेट संशोधन नभइ पास हुन्छ : अर्थमन्त्री महत

0

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गर्नुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताउनु भयो । उहाँले आफूले बजेट ल्याउँदा सिमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उहाँले आजको वास्तविकतामा बजेट आएको बताउनु भयो ।

उहाँले बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सिमित रहेको बताउनु भयो । उहाँले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि बताउनु भयो । मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधि भित्र रहेर पास हुने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.