रोमानियामा गाउदै गरेका गायक प्रकाश सपुत माथि स्टेजमै बियरको क्यान प्रहार,

0

गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको क्यान प्रहार भएको छ । रोमानियाको नेपाली समुदायका लागि याद म्युजिक कन्सर्टका नरेश गिरिले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका सपुतमाथि मादक पदार्थ सेबन गरेका एक युवाले बोतल हानेका हुन्।

आईतवार राति गायक सपुतले स्टेजमा गीत गाइरहेका बेला सहभागीले बियरको क्यान प्रहार गरेको रोमानियाका पत्रकार लाक्पा तेन्जी शेर्पाले बताउनु भएकोछ ।

सपुतले ‘बोल माया’ गीत गाइरहेका थिए। दर्शक दीर्घाबाट प्रहार गरिएको बोतल सपुतको अनुहारमा लागेको थियो ।

बोतल प्रहार पछि आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ, आयोजकले गायक सपुत सँग उक्त घटना प्रती क्षमा याचना गरेका थिए । सपुतको नाकमा सामान्य चोट लागेकोछ ।

आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरिको जिम्मा लगाएकाछन ।

नेपाली म्युजिक फेस्टिभल भाग–२ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.