गोरखामा जीप दुर्घटना: पाँच जनाको मृत्यु

0

काठमाडौं \  गोरखामा जिप दुर्घटनामा परी एउटै गाउँका ५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने ४ जना पुरुष र १ महिला पाँचैजना एउटै गाउँका रहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको जिप सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा गएराति दुर्घटना भएको हो । बेहुली लिएर सोही गाउँपालिका –५ ताक्लुङ फर्किदै गर्दा जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेको खटिएका प्रहरीले जनाएको छ । दुर्घटनामा परेर अन्य १२ जना घाइते भएका छन् । ती मध्ये ११ जनाको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एक जनालाइ चितवन रिफर गरिएको छ ।

Leave A Reply

Your email address will not be published.