पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभल सुरु

0

पोखरा \ पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ। २ दिनसम्म चल्ने नेपाल चीन फ्रेन्डसिप कार्यक्रमअन्तर्गत बोट रेस सुरु भएको हो।  संस्कृति,  पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालस्थित चिनियाँ राजदूतले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन्।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य फेस्टिबलको अवसरमा पोखरा अन्तर्राष्ट्रिय उडान गर्न पाएको बताए। चार्टर्ड उडानबाट सुरु भएको हवाई कनेक्टिभीटीले नियमित हुने पाउने विश्वास व्यक्त गरे।

उनले चीन र नेपालको सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने बताए।दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए।

चीनबाट बोट रेस तथा प्रशिक्षणका लागि सहभागीहरू पोखरा आएर केही समय अघिबाटै प्रतियोगिताको अभ्यास गरिरहेका थिए।

रेसका लागि चीनबाटै नेपालको केरुङ नाका हुँदै आठवटा विशेष खालका बोट लगायतका सामग्री ल्याइएको छ। कार्यक्रमको औपचारिक उद्घाटनसँगै पहिले २ सय मिटर र पछि ५ सय मिटर गरी दुईवटा सेगमेन्टमा ८ वटा बोट रेस प्रतियोगिता हुनेछ।  प्रतियोगितामा विजेतालाई २० लाख नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिका कार्यक्रमका आयोजक हुन्।

Leave A Reply

Your email address will not be published.