सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा निधन

0

बझाङ \ बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।  उनको बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले मन्त्री सिंहको उपचारका क्रममा निधन भएको पुष्टि गरे। दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका पत्नी र उनकी भाउजुको मृत्यु भएको छ।

मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंह प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको केदारस्युँ गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए।
Leave A Reply

Your email address will not be published.