२१२५ जना बने एनआरएनए बेल्जियमको पंजिक्रित सदस्य, आगामी जुलाई दुईमा अधिबेशन हुँदै

0

गैर आबासीय नेपाली संघ बेल्जियममा पन्जिक्रित सदस्यहरुको शंख्या २१२५ पुगेकोछ । आगामी दुई बर्षका लागि नयाँ बनेका र नबिकरण गरेका सदस्यहरुले एनआरएनए बेल्जियमको आगामी नेत्रित्व चयन लगायत संगठनका गतिबिधिमा सहभागिता जनाउन पाउनेछन ।

सदस्यता समितिका संयोजक एबम एनआरएनए बेल्जियमका महासचिब रमेश कंडेलका अनुसार सनातिना समस्या आए पनि समग्रमा सदस्य बन्ने अभियान उत्साहजनक रहेकोछ । प्रकृया नपुगेका, कारणबस पेन्डिङमा भएका, कगाजात नमिलेका आबेदनको जाच गरेर छिट्टै निर्णय गरिने एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले बताउनु भएकोछ।

नेपालको संसदले गैर आबासीय नेपाली बिद्ययक पारित गरेर राष्ट्रपती रामचन्द्र पौडेलले प्रमाणिकरण गरे पछि एनआरएन नागरिकता पाउने बाटो खुलेकाले यो पटक धेरैले चूनाबि प्रायोजन मात्र नभएर त्यसका लागि पनि सदस्यता लिन चासो राखेका थिए ।

एमआईयस सिस्टमबाट एनआरएन एप डाउनलोड गरी आफ्नो ईमेल र सेल्फी खिचेर अनलाइन सदस्यता भर्नु पर्ने ब्यबस्था अनुसार बनेका धेरै सदस्यहरुले यस पटक संगठनमा भएको बिबाद र बिसंगति अन्त्य भएर प्रबासका सबै नेपालीको साझा संस्था बन्नु पर्ने र आगामी दिनमा बिदेशका नेपालीका हकहितका लागि नेपाल सरकार र अन्य निकाय सँग मिलेर एनआरएनले काम गर्नु पर्ने आशा गरेको बताएकाछन ।

२ हजार बढि सदस्य भएमा दुई जना आईसिसी सदस्य निर्बाचित हुने ब्यबस्था भएकोले बेल्जियमबाट दुई जना आईसिसी सदस्यले प्रतिनिधित्व गर्न पाउनेछन । आगामी जुलाई दुई तारिक हुने अधिबेशनमा सहमतिमा नेत्रित्व चयन गर्ने प्रयास गर्ने एनआरएनएका अग्रजहरुले बताएकाछन, त्यो सम्भब नभए जुलाई १६ तारिख निर्वाचन हुनेछ ।

अहिले सम्म अध्यक्ष पदमा सीता सापकोटा, तीर्थ धमला, अनुजा प्रधान र नारायण सिलवालले उम्मेद्बारी प्रस्तुत गरेकाछन भने अन्य पदमा दाबी गर्नेहरु पनि उल्लेख्य देखिएकाछन ।

Leave A Reply

Your email address will not be published.