भृकुटी मण्डपमा शुरु भएको शैक्षिक मेला महानगरद्धारा बन्द

0

काठमाडौं \  काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा बिहिबारदेखि सुरु भएको शैक्षिक मेला बन्द गराएको छ । एसईई र कक्षा १२ को परीक्षाको रिजल्टनै नआई शैक्षिक मेला आयोजना गरेको भन्दै महानगरले हस्तक्षेप गरेको हो । रिजल्ट नआई अभिभावक र बिद्यार्थी लोभ्याउने अनि भर्नाका लागि फोर्स गर्न गरिएको मेला अनधिकृत भएकाले बन्द गर्नु परेको महानगरको भनाई छ ।

प्रक्रिया नै पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु समेत हटाएको जनाएको छ । बिहीबारदेखि नै सुरू भएको चार दिने सो मेलाको सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

मेलामा ७५ भन्दाबढी नीजि शैक्षिक संस्थाका स्टलहरू रहेका छन् । बिहिबार बन्द गरिएको मेला पढाइ हुने विषयबारे मात्र जानकारी गराउने शर्तमा शुक्रबारदेखि मेला दिइने पनि महानगरले जनाएको छ । मेला असार ३ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.