केही दिनमै समाजवादी मोर्चा घोषणा हुने प्रचण्डको उद्घोष

0

काठमाडौं \ नेपालको राजनीतिमा बेलाबेलामा चल्दै आएको वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकतावद्ध गरी समाजवादी केन्द्र बनाउने बहस फेरी ब्युँतिएको छ । केही वर्षयता कम्युनिस्ट धारका सानाठूला दलहरूबीच समाजवादी केन्द्र बनाउने चर्चा चल्दै सेलाउँदै आएको अवस्थामा यो बहसलाई फेरि ब्युँताइएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै समाजवादी केन्द्र बनाएर समाजवादी क्रान्तिको तयारीमा लाग्ने बताउनुभयो । बुधबार दाङको घोराहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको समेत बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको दस्तावेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरेको थियो । सोही दस्तावेजअनुसार पार्टी अघि बढ्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.