गणतन्त्र पोल्यान्डका पूर्व राष्ट्रपती लेख वालेसासँग पूर्व पररास्ट्रमन्त्री डा नारायण खड्काको भेट, नेपाल भ्रमणको निम्तो

0

नेपाली काङ्रेसका नेता एबम पूर्व पररास्ट्रमन्त्रि डा नारायण खड्काले गणतन्त्र पोल्यान्डका पूर्व राष्ट्रपती लेख वालेशा संग सिष्टाचार भेट गर्नु भएकोछ । पोल्यान्डको राजधानी वार्सामा मंगलबार भएको भेटमा दुई देश बिचको मैत्री सम्बन्धलाई बलियो बनाउने र प्रजातान्त्रिक आन्दोलन जनपक्षिय बनाउन सहकार्य गर्ने बारेमा छलफल भएकोछ ।

युरोप भ्रमणमा रहनु भएका डा खड्का सँग प्रजातान्त्रिक पोल्यान्डका पहिलो राष्ट्रपती वालेसाले नेपाल र पोल्यान्डमा एकै समयमा प्रजातन्त्रको स्थापना भएको र त्यसलाई नागरिकको सिमान्त बर्ग सम्म पुर्याउन सरकारले निरन्तर काम गर्नु पर्छ भन्नु भयो । न्यायपूर्ण समाज निर्माण गर्न प्रजातान्त्रिक पार्टिहरुको बिस्वब्यापी अभियान आबस्यक रहेको उहाको भनाइ थियो ।
पूर्व परास्ट्रमन्त्री खड्काले नेपाल र पोल्यान्डको सन १९५९ मा दौत्य सम्बन्ध स्थापित भए पछि दुई देशले विश्व मन्चमा समान अबधारणा साझा गरेको र पर्बतारोहण ,पर्यटन, आँखा अस्पताल निर्माण र अन्य ब्याबसायिक क्षेत्रमा पोल्यान्डले नेपाललाई सहयोग गरेको स्मरण गर्नु भयो ।

डा. खड्काले नेपाली काङ्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाले पूर्व राष्ट्रपती वालेशलाई पठाउनु भएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नु भयो । उहाले पूर्व राष्ट्रपती वालेसलाई नेपाली टोपी लगाइ दिदै मायाको चिनो नेपाली खुकुरी प्रदान गर्नु भएको थियो ।

उक्त भेटमा पोल्यान्डका लागि नेपाली अबैतनिक दुत बोधराज सुबेदी, एनआरएनएका सचिब एलिनी पोख्रेल सुबेदी र रेरी रन्जित सहभागि हुनुहुन्थ्यो ।

त्यस अघि पोल्यान्ड सरकारका बिदेश राज्यमन्त्री गेर भेल सँग पररास्ट्र मन्त्रालयमा भएको भेटमा पूर्व पररास्ट्रमन्त्री डा खड्काले नेपालबाट पोल्यान्ड आउने श्रमिकहरुको श्रम स्विक्रिती र भिषाबारेमा भएका समस्यालाई सरलिकरण गर्ने, कागजात प्रामाणिकरण गर्न दिल्ली दुताबास धाउनु पर्ने समस्या काठमान्डौमा घुम्ती सेवा दिने ब्यबस्था गरेर समाधान गर्ने लगायत अन्य दुई पक्षिय सम्बन्ध बलियो बनाउनका लागि आबस्यक सुधारका बारेमा छलफल गर्नु भएको थियो । खड्काले पोल्यान्डका पर्बातारोहीलाई पर्बतारोहणमा सहज पहुच, नेपाली श्रमिकको सुबिधाका लागि सरकारी स्तरबाटै जिटुजी सम्झौता गर्न आग्रह गर्नु भयो ।

डेपुटी फरेन मिनिस्टर भेलले डा खड्कालाई स्वागत गर्दै नेपाली श्रमिकका कागजात प्रमाणिकरण, कामदार भिषा र श्रम स्विक्रितीलाई सजिलो बनाउन तत्कालका लागि नेपाल स्थित अबैतनिक दुत र दिल्ली स्थित दुताबासलाई निर्देशन दिने बताउनु भयो । दिर्घकालिन रुपमा बिस्त्रित अध्ययन गरि समाधानका लागि नियम बनाउने बचनबद्ध्ता जाहेर गर्नु भयो ।

पोल्यान्ड भ्रमणकै क्रममा डा खड्काले पोल्यान्ड च्याम्बर अफ कमर्शका अध्यक्ष मारेक क्लोच्को सँगको भेटमा दुई देश बिचको ब्यापार ब्रिद्धि , लागानी र अनुभब आदानप्रदानबारे छलफल गर्नु भएकोछ भने गणतान्त्रिक पोल्यान्डको उपल्लो सदन सिनेटका अध्यक्ष प्रोफेसर तोमास्ज ग्रोद्स्की सँग शिष्टाचार भेट गर्नु भएकोछ ।

पोल्यान्डका उच्च पदस्थहरुसँग पूर्व पररास्ट्रमन्त्री डा खड्काको बैठकको ब्यबस्थापन पोल्यान्डका लागि नेपाली अबैतनिक दुत (कन्सुलर) बोधराज सुबेदीले गर्नु भएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.