बजेट सच्याउन प्रधानमन्त्रीसँग माधव नेपालको आग्रह

0

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार ल्याएको आगामी आर्थिक वर्षको बजेट सच्याउन आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पान्डे लगाएतका नेताहरू बालुवाटार पुगेर बजेट सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।एकीकृत समाजवादीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएको छ।

अध्यक्ष नेपालले यथास्थितीमा बजेट पास हुन नसक्ने चेतावनी दिएका छन्। उनले डडेल्धुरा, गोरखा र मकवानपुरमा अत्यधिक बजेट पारिएको र अन्य जिल्लामा न्यून बजेट पारिएको भन्दै सार्वजनिक रुपमै यस्तो मान्य नहुने बताउँदै आएका छन्।

Leave A Reply

Your email address will not be published.