उरुग्वेले फिफा यू–२० (२० वर्षमुनि) काे विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजाे आइतवार राति भएकाे फाइनलमा उरुग्वेले इटालीलाई १-० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गाेल गरे ।
तीन पटक फाइनलमा पुगेकाे उरुग्वेले पहिलो पटक २० वर्षमुनिकाे विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।
त्यस्तै पहिलो पटक २० वर्षमुनिकाे विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्याे ।
२० वर्षमुनिकाे विश्व कप उपाधि अर्जेन्टिनाले सबैभन्दा धेरै छ पटक जितेकाे छ । यस्तै ब्राजिलले ५ पटक यो उपाधि जितेकाे छ ।