आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस

0

काठमाडौं \  सोमबार बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रय दिवस नेपालमा पनि मनाइँदै छ । सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन १२ तारिखमा बाल श्रमिकविरुद्धको दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि शारिरीक श्रमका काममा लगाउन बन्देज लगाएको छ ।

नेपालमा भने अहिले पनि करीब १५ प्रतिशत बालबालिका जोखिमयुक्त क्षेत्रमै काम गर्न बाध्य रहेको तथ्यांक छ । नेपाल सरकारले राष्ट्रसंघीय दिगो विकास कार्यक्रम अन्तर्गत विसं २०८२ सम्ममा कुनै पनि बाध्यकारी श्रमका काममा बालबालिकाको प्रयोग निषेध गर्ने गरी काम भईरहेको बताए पनि राजधानी काठमाडौंलगायत शहरी क्षेत्रमा दैनिक श्रम गरेर गुजारा गर्ने बालबालिकाको ठूलो संख्या छ ।

गाउँ घरमा घरायसी वा मेलापात र गोठालो गर्ने बालबालिकाको श्रमको भने अझै पनि हिसाब हुन सकेको छैन । विश्वभर अहिले पनि १५ करोड बढी बालबालिका जोखिमयुक्त श्रम गर्न बाध्य छन् ।

Leave A Reply

Your email address will not be published.