काठमाडौं \ प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका हरिकृष्ण कार्कीविरुद्ध उजुरीको लागि संसदीय सुनुवाई समितिले दिएको समय शुक्रबार सकिएको छ । ८ महिनादेखि कामु प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको नेतृत्व गरिरहनुभएका कार्कीलाई पूर्णरुपमा प्रधानन्यायाधीश नियुक्ति गर्ने प्रकृया सुरु भइसककेको अवस्थामा संसदीय सुनुवाई समितिले अबिलम्ब संसदीय सुनुवाई गरी प्रधानन्यायाधीशमा नियुक्ति गर्नुपर्ने छ ।
प्रधानन्यायाधिशमा प्रस्तावित कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरी आह्वानको अन्तिम दिन सम्ममा संसदीय सुनुवाई समितिमा १९ बढी उजुरी परेको छ । समितिमा कामु प्रधानन्यायाधीश कार्कीको प्रधानन्यायाधीशको सिफारिस रोक्न बहालबाला न्यायाधीशदेखि वकीलहरुको समेत उजुरी परेको छ ।
तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणापछि प्रधानन्यायाधीशको रोलक्रममा कार्की हुनुहुन्थ्यो । तर, तात्कालिन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्कीले कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चको बागडोर सम्हाल्नुभयो र कामुकै अवस्थामा उमेरहदका कारण कामुकै अवस्थामा सर्वोच्चबाट बाहिरिनुभयो ।