सर्वोच्च अदालतले माग्याे नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि

0

सर्वोच्च अदालतले नागरिकता विधेयकसम्बन्धी मुद्दामा राष्ट्रपतिले गरेको प्रमाणीकरणको प्रतिलिपि मागेको छ ।

सर्वोच्चका न्यायाधीशहरू प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयको प्रमाणित प्रतिलिपि, प्रमाणीकरणको प्रतिलिपि र नागरिकता प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपि झिकाएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । त्यसअघि जेठ १२ गते मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । नागरिकता विधेयकसम्बन्धी जेठ ३० गतेका लागि अर्को पेसी तोकिएको छ । अन्तरिम आदेश दिने कि नदिने भन्ने तय अर्को पेसीमा हुनेछ भने अहिलेलाई यसअघि दिएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइएको सर्वोच्चले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.