एमाओवादीका मधेसी नेता विभाजित

0

महेन्द्रनगर (धनुषा), ८ असोज । एकीकृत नेकपा (माओवादी)का मधेसी मूलका केन्द्रीय सदस्यको अनौपचारिक बैठक शुक्रबार जनकपुरमा बसेको छ । आइतबारदेखि काठमाडौँमा बस्न लागेको केन्द्रीय समितिको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे बैठकमा दुई धार देखिएको छ ।
पार्टीभित्रका मधेसी नेताको आन्तरिक बैठकमा एमाओवादी नेता रामचन्द्र झा, महेन्द्र पासवान, रामरिझन यादव, रामकुमार शर्मा र घनश्याम यादवलगायतका केन्द्रीय नेता सहभागी छन् । बैठकमा रामकुमार शर्मालगायतका केही नेताले केन्द्रीय समितिको बैठकमा सहभागी बन्न नहुने प्रस्ताव गरेका छन् भने अन्य नेताले बैठकमा सहभागी भएर एकपटक आफ्ना कुरा नेतृत्व समक्ष राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
रामकुमार शर्माले यसअघि नै लाजिम्पाटस्थित प्रचण्ड निवासमा राजीनामा बुझाइसकेका छन् । त्यस्तै रामरिझन यादवले पनि पार्टी छाडेको जानकारी पार्टी नेतृत्वलाई गराइसकेका छन् । तर रामचन्द्र झा, महेन्द्र पासवानलगायतका नेता पार्टी नेतृत्वसँग असन्तुष्ट भए पनि अहिलेसम्म पार्टी छोडेको घोषणा गरेका छैनन् । एमालेबाट एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा यसअघि प्रचण्डको प्रशंसक रहेकामा यतिबेला खरो आलोचक बनेका छन् ।

Leave A Reply

Your email address will not be published.