असारदेखि भदौसम्म सडकमा खन्न प्रतिबन्ध, जबर्जस्ती गरे कारबाही

0

वर्षायामका बेला कुनै पनि कामका लागि सडकमा खन्न नपाइने भएको छ। खने सरकारले कारबाही गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न प्रतिबन्ध लगाएको हो।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिए‌को छ’, सूचनामा भनिएको छ।

यस कार्यमा सबैको सहयोगको अपेक्षा पनि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले राखेको छ।

हेर्नुहोस् सूचना

Leave A Reply

Your email address will not be published.