अफगानिस्तानमा भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु

0

एजेन्सी \  उत्तरी अफगानिस्तानमा बुधबार साँझ एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको हो । दूर्घटनामा मर्नेहरुमा १२ महिला, आठ बालबालिका र चार जना पुरुष रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तानका ग्रामीण भेगमा सडकको दुरावस्था, चालकको मनपरी र प्रहरीको निगरानी नहुँदा यात्रा निकै नै जोखिमपूर्ण मानिन्छ । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको आशंका छ ।

Leave A Reply

Your email address will not be published.