डीएसपीमा बढुवा सिफारिसले प्रहरीमा व्यापक असन्तुष्टि

0

काठमाडौँ \ प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गर्‍यो । एक सय ४४ जनाबाट ४६ जनालाई मापदण्डभित्र पर्ने भन्दै बढुवा सिफारिस गर्दा अहिले आकांक्षीहरुमा व्यापक असन्तुष्टि देखिएको छ ।

गम्भीर प्रकृतिको अपराधको सफल अनुसन्धान गरेका प्रहरी निरीक्षकहरू नै बढुवा सिफारिसमा छुटेपछि असन्तुष्टि बढेको हो ।

यसअघि डीएसपीबाट एसपी बढुवा मेरिटको आधारमा गरेपछि प्रहरी महानिरीक्षकको आलोचना भएको थियो । कारबाही भोगेकालाई पनि बढुवा सिफारिस गरेको भन्दै धेरैले असन्तुष्टि जनाएका थिए । तर, यो पटक प्रहरी निरीक्षकबाट डीएसपी बढुवा सिफारिस गर्दा मेरिटलाई ध्यान दिइएको छैन । बढुवा सिफारिसमा ४ नम्बरमा परेकी एलिजा गिरी प्रहरी निरीक्षकमा भर्ना हुँदा ६९ नम्बरमा थिइन् । ३६ नम्बरमा बढुवा सिफारिसमा परेकी सुभद्रा लामा वाइबा निरीक्षकमा भर्ना हुँदा १२० नम्बरमा थिइन् ।
Leave A Reply

Your email address will not be published.