सवारी कारवाहीबाट साढे २२ करोड राजश्व संकलन गर्दै प्रदेश प्रहरी

0

हेटौंडा \  बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणाले प्रहरीको जिल्ला स्थित कार्यालयमा स्मार्ट कन्ट्रोल रुम स्थापना गरि सेवा प्रवाहलाई छिटोछरितो बनाउने बताउनुभएको छ । उहाँले प्रदेशको १० जिल्लाको अपराधको गहन विश्लेषण र नियन्त्रणमा सचेतना मूलक कार्यक्रम गर्ने बताउनुभयो ।

प्रदेशभित्रका फरार अपराधी पक्राउमा तीव्रता दिने, सबै किसिमको तस्करी नियन्त्रण गर्ने, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पूर्ण रुपमा निषेध गरिने, प्रहरी जनशक्ति सुदृढिकरण एंव शुन्यसहनशीलाको नीति अवलम्बन गर्ने जस्ता योजनाहरु रहेको डिआईजी राणाले बताउनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै चालु वर्षको प्रगति विवरण सार्वजानिक समेत गरेको छ ।  कार्यालयका  प्रहरी वरिष्ठ उपरिक्षक एंव प्रवक्ता दीपक रेग्मीले चालु वर्षको प्रगति विवरण सार्वजानिक गर्नुभएको छ ।

अपराध सम्बन्धी केसमा चार हजार ५४ वटा मुद्दा दर्ता भएका छन् । जसमा कर्तव्यज्यान अन्तरगत ३६, ज्यान मार्ने उद्योगमा ६३, सवारी ज्यानमा २०८, लागुऔषधमा ३२२, जबरजस्ती करणीमा २२४, जबरजस्ती करणी उद्योगमा ५९, आत्महत्यामा ७९४, ठगी ५७, चोरी २५९, बहुविवाह ६५, जुवातासमा ३३ र अन्य शीर्षकमा एक हजार ९३४ मुद्दा दर्ता भएको रेग्मीले बताउउनुभयो ।

प्रदेशमा चालु वर्षमा फैसला कार्यान्वयनतर्फ तीन करोड ६५ लाख २८ हजार २८७ रुपैयाँ जरिवाना राजस्व संकलन गरिएको रेग्मीले बताउनुभयो । नदिजन्य दोहन नियन्त्रणतर्फ जरिवाना ५६ लाख ७९ हजार ६७२, तस्करी नियन्त्रणतर्फ १२ करोड २ लाख २ हजार ८५९ संकलन गर्नुका साथै ट्राफिक कारवाही र जरिवाना तर्फ २२ करोड ५१ लाख २२ हजार ५ सय राजश्व संकलन गरेका छौं, रेग्मीले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.