एनआरएनएका केन्द्रीय सचिब गंगाधर गौतमको संयोजकत्वमा एनआरएनए बेल्जियमको निर्वाचन समिति गठन,

0

गैर आबासिय नेपाली संघ बेल्जियमले संघको आगामी नेत्रित्व चयन गर्नका लागि संघका केन्द्रिय सचिब गंगाधर गौतमको सन्योजकत्वमा तीन सदसिय निर्वाचन समिति गठन गरेकोछ । समितिको सदस्य सचिबमा बिनोद न्यौपाने र सदस्यमा अर्जुन अधिकारीलाई राखिएकोछ । जुलाई दुई तारिखमा अधिबेशनको मिति तय गरिएकोछ तर निर्वाचनको मिति भने घोषणा गरिएकोछैन ।

एनआरएनए बेल्जियमको आगामी कार्यकालका लागि   सदस्यता बितरण र नेत्रित्वका बिभिन्न पदमा दाबि गर्नेहरु बढ्न थालेकाछन । यो समाचार तयार पार्दा सम्म एक करिब एक हजार जनाको पंजिक्रित सदस्यता स्विक्रित भएकोछ संगै केहि प्रोसेसमा रहेकाछन, दिनमा ४० देखि ५० जनाले नयाँ सदस्यताका लागि आबेदन आउने गरेको एनआरएनए बेल्जियमका महासचिब एबम सदस्यता बितरण समितिका संयोजक रमेश कंडेलले बताएकाछन ।

कार्यसमितिले अधिबेशनका केही प्रकृया सुरु गरे पनि निर्वाचन समितिको घोषणा गरेको थिएन । अब निर्वाचन समिति बने पछि निर्वाचनका गतिबिधी अगाडि बढ्नेछन ।

उम्मेद्बारी घोषणा गरेकाहरुले जनसंपर्क बढाउन थालेकाछन । सामाजिक संजाल र नेपाली समुदायका कार्यक्रमहरुमा उपस्थित भएर उम्मेद्वार हुन चाहेकाहरुले आफ्नो लागि सहयोग माग्न थालेकाछन । अध्यक्ष पदमा अहिले सम्म सीता सापकोटा, बर्तमान उपाध्यक्ष तिर्थ धमला, अनुजा प्रधान र नारायण सिलवालले उम्मेद्बारी प्रस्तुत गरेकाछन ।

उपाध्यक्षमा बर्तमान कोषाध्यक्ष लोकेन्द्र नेपाल आईसी सदस्यमा भिम सुबेदी र महिला संयोजक साबित्री गिरी लगायतले आफ्नो उम्मेद्बारी प्रस्तुत गरेकाछन, केहि नयाँ अनुहारहरु पनि प्रतिस्पर्धामा आउने देखिएकोछ ।

सन २०१९ मा भएको जस्तै सहमतिको नेत्रित्व चयन हुनु पर्ने धेरैको चाहना भएकोले सर्बसम्मतिमा नेत्रित्व चयन हुन सक्ने सम्भाबना पनि प्रबल रहेकोछ ।  केन्द्रिय सचिब , प्रबक्ता , कोषाध्यक्ष लगायतका छ जना केन्द्रिय पदाधिकारी बेल्जियमकै भएको र निर्वाचन संयोजक केन्द्रीय सचिब भएकोले उनीहरुलाई सहमतिमा एनसीसीको नेत्रित्व बनाउन चुनौती थपिएकोछ ।

Leave A Reply

Your email address will not be published.