पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते

0

पाल्पा \  पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जार्दै गरेको लु १ च ९०२४ नम्बरको जिप रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा आइतबार बेलुका ५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएको वडा अध्यक्ष रेम बहादुर रानाले जानकारी दिनुभयो । उहाँले घाइतेलाई उपचारको लागि बुटवल लगिएको जानकारी दिनुभयो ।

मृतकको पहिचान खुलेको छैन । जिप अत्याधिक लोड भएकोले साघुरो बाटोमा लोड थाप्न नसकी ब्याक भई दुर्घटना भएको जिप सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीको पारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनास्थमा ईलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र ईलाका प्रहरी सालझण्डी बाट प्रहरीहरु परिचालन भएका छन् ।

Leave A Reply

Your email address will not be published.