बालबालिकाको जीबनमा पिताहरुको भूमिका बारेमा मन्त्री बार्त सोमेर्स र सेपेन करिम सँग इन्टरन्यासनल कमिटिको अन्तर्कृया ,

0

बेल्जियममा सामाजिक, समुदायिक र परोपकारी गतिबिधी गरिरहेका दुई सय सोह्र भन्दा बढी संस्था (भिजेडवे) हरुको छाता संगठन इन्टरन्यासनल कमिटिले संचालन गरेको डेढ बर्षे परीयोजना ‘भादर क्राख्त’ को समिक्षा सहित समापन भएकोछ ।

समाजमा बालबच्चा हुर्काउन आमाहरूको मात्र भूमिका हुन्छ त ! आफ्ना बच्चाहरुलाई हुर्काउन र सिकाउन आमाहरुले दिनु भएको योगदान बाबाहरुले पनि अनुभब गरेका छन छैनन वा उनिहरुको योगदान कति छ भन्ने उदेश्यले भादरक्राख्त (बाबाहरूको भूमिका )बिषयमा भएको डेढ बर्ष चलेको परीयोजनामा बिद्यालय क्याम्पस,पार्क , खेलमैदान, बस र रेल स्टेसन अस्पातल आदि स्थानको अध्ययन, अनुसन्धान गर्दा सन्तानहरुको जिम्मेवारी बाबाहरुले बढी बोकीरहेको निस्कर्ष निकालिएकोछ ।

सन्ततिको बिहान देखि बेलुका सम्मको उठबस ,शारिरिक मानसिक विकाश ,खानपिन स्वास्थ्य शिक्षा मात्र होइन त्यो बच्चाको सिङो जीबनलाई आबस्यक आर्थिक भौतिक,सामाजिक सांस्कृतिक बिकासका लागि पनि भुमिका निभाइ रहेका हुन्छन, मार्गदर्शक र सहयात्रि बनेर भबिस्यका चुनौती र बर्तमानको खुशी पिताहरुले सिकाइ रहेका हुन्छन भन्ने उदाहरण प्रस्तुत गरियो ।
बाबुहरुका छोराछोरी हुर्काउदा बढाउदा र पढाउदाका अनुभब र चुनौती सुनेर फ्लामिस भ्लाम्स  भाईस प्रेसिडेन्ट एबम गृहमन्त्री बार्त सोमर्सले आफ्ना सान्सद पिताले राजनीतिक र सामाजिक उत्तरदायित्वका बाबजुद पनि आफुहरुलाई बाल्यकाल प्रसस्त समय र  ज्ञान दिएकोले आफ्नो जिबन सफल भएको बताउनु भयो । बेल्जियममा आप्रबासीहरुको समस्याका बारेको सुनेर सन १९६४ मा मेखेलेन शहरमा आफ्नो जन्म हुँदा पहिलो रसियन आप्रबासी बच्चा जन्मेको स्मरण गर्दै आज मेखेलेनमा मात्र सत्तरी देशका नागरिक बसोबास गरि रहेकाछन जुन बेल्जियमको सामाजिक सबलताको पक्ष हो, बेल्जियम सरकार यहाँको बहुसान्स्कृतिक समाजलाई बिकशित र सक्षम बनाउन सधैं कृयाशिल रहेकोछ, जन-जन बिचको मजबुत सम्बन्धले देश बलियो बनाउछ भन्दै सामाजिक सम्बन्ध  बलियो बनाउन भाषा लगायतका इन्त्रिगेसनमा ध्यान दिन उपस्थितहरुलाई मन्त्री सोमर्सले आग्रह गर्नु भयो । फादरक्राख्त जस्ता पारीयोजनाले परिवार र समाजलाई राम्रो शिक्षा दिएको भन्दै यस्को निरन्तरताका लागि सरकारले काम गर्नेछ भनि आश्वासअन दिनु भयो ।

अन्तर्कृया कार्यक्रम बाबुहरुको प्रतिनिधित्व गर्दै नेपाल, युक्रेन, काजकस्तान, मोरक्को; कङ्गोबाट बेल्जियम बसाइ सराइ गरेका बालेन्द्र गुरुङ, जियन, ग्रेगोरी अब्देस्लाम लगयतले भाषाको कठिनाइले बालबालिकाको शिक्षामा चाहेको सहयोग गर्न नसकेको, डिजिटल माध्यमको प्रयोगमा आउने समस्या, कमाइ र खर्चको भिन्नता , काम र परिवारलाई दिने समयको ब्यबस्थापन लगायत सान्कृतिक बिभिधताका कारण हुने कठिनाईबारे आफ्यान अनुभब सुनाउनु भएको थियो । कार्यक्रममा एल्दरमेन करीमले पनि परीयोजनाबाट परेको साकारआत्मक असरको चर्चा गर्दै यस खाले अन्य परीयोजना सरकारले ल्याउनेछ भन्नु भयो ।

कार्यक्रममा सना बाबु नानीहरुले धन्यवाद बाबा बोलको गीतमा आकर्शक र भाबुक न्रित्य प्रस्तुत गरेका थिए । भादरक्राख्त परीयोजनाबाट के सिकियो र के के गरियो भन्ने बारे इन्टरन्यासनल कमितिका डाइरेक्टर वीलि मुसितुले प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त परियोजनाले प्रकाशित गरेको म्यागजिनमा पारिवारिक अनुभब र सन्ततिहरुको शिक्षा दिक्षा लगायतका बिषयमा नेपाली समुदायबाट रुद्र लम्सालको अनुभब प्रकाशित भएकोछ ।

सो परियोजनामा बिभिन्न सम्प्रदायका २५ जना पिताहरु प्रत्यक्ष सहभागि भएका थिए भने इन्तरन्यासनल कमिटिका सदस्य र शुभचिन्तकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली समुदायको पनि उल्लेख्य उपस्थिती थियो ।

Leave A Reply

Your email address will not be published.