विराटनगरको विद्यालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

0

काठमाडौं \  मोरङको सुन्दरहरैँचा नगरपालिकाको एक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन्। सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शनिबार बिहान शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।

सोही विद्यालयको लेखापाल रहेका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।प्रहरीका अनुसार मनिलको शरीरका अधिकांश भाग आगोले जलेको छ। गम्भीर अवस्थाका मनिललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ।

घटनाको करण पत्ता लगाउन अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.