नेपाली जन प्रगतिशिल मंच बेल्जियमको साधारणसभा जुन अठार तारिखमा हुने,

0

नेपाली जन प्रगतिशिल मंच बेल्जियमको वार्षिक साधारण सभा यही जुन महिनाको १८ तारिख एन्टवेरपेनमा हुने भएकोछ । संस्थाका अध्यक्ष प्रकाश पौडेलका अनुसार साधारण सभामा बिगत एक बर्षको अबधिमा मंचले गरेका गतिबिधिको समिक्षा र आगामी कार्ययोजना बारेमा छलफल हुनेछ ।संगठनको आर्थिक प्रतिबेदन, प्रगती प्रतिबेदन र बिधानका बारेमा पनि छलफल हुने, सुझाब लिने कार्य गरिनेछ।

साधारण सभाको उद्घाटन बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले गर्ने कार्यक्रमछ, साथै बेल्जियम स्थित बैचारिक,सामाजिक र क्षेत्रिय जातिय संघ संस्थालाई निमन्त्रणा गरिएको साधारण सभामा मंचका सदस्यहरु र युरोपका अन्य देशका मंच सम्बद्ध प्रतिनिधिहरु अतिथीको रुपमा उपस्थित हुनेछन ।

नेकपा माओवादीको प्रबास संगठन मंचको बेल्जियम इकाईले नेपाली समुदायका गतिबिधीमा सहकार्य गर्दै आएकोछ भने नेपालमा सहयोग गर्दै आएकोछ ।

Leave A Reply

Your email address will not be published.