संसद् अधिवेशन आह्वान

0

काठमाडौं, ८ असोज । राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा यही असोज १५ गते शुक्रबार दिउँसो १ बजे व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ । उक्त कुरा राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ । व्यवस्थापिका–संसदको हिउँदे अधिवेशन आह्वान भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।
संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री चयनका साथै नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्न संवैधानिक प्रावधानअनुसार संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका संसद् बैठक आह्वान गरिएको हो । संसद् आह्वान गरिएपछि आगामी २१ गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ । संसद् अधिवेशन शुरु भएको ७ दिनभित्र नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी अधिवेशन आह्वान भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने हुन्छ भने एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनेछ ।

Leave A Reply

Your email address will not be published.