आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता छ : राष्ट्रपति पौडेल

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। ‘महिला हक अधिकार स् सबैको साझा सरोकार’ भन्ने नाराका साथ आज जेठ १६ गते मनाउन लागिएको पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका हुन्।

‘नेपालको संविधान २०७२ ले महिलाहरूलाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ, संविधानले ग्यारेन्टी गरेको आरक्षणको यो व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनु आजको आवश्यकता हो । यसका लागि विभिन्न नीतिगत तथा संस्थागत प्रयासहरू भइरहेका छन्, यति हुँदाहुँदै पनि महिलाहरू तुलनात्मक रुपमा सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवम् आर्थिक रूपमा पछाडि परेका छन्’, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्। उनले लैङ्गिक समानता तथा महिलाको हकअधिकार सुनिश्चित गर्न योगदान गर्ने सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै आभारसमेत व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.