प्रधानमन्त्रीद्वारा भारत भ्रमणबारे संसदमा जानकारी

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ गतेदेखि हुने आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी गराउनुभएको हो । उहाँले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने तयारी रहेको बताउनुभयो ।

उहाँले व्यापार, पारवहन, लगानी प्रवद्र्धन, उर्जामा व्यापार, तथा अन्तरदेशीय विद्युत प्रशारण लाइन, सिंचाई, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल, आन्तरिक कन्टेनर लगायतका विषयमा छलफल हुने स्पष्ट पार्नुभयो । उहाँले हवाई मार्गको सहजता एवं सुदूरपश्चिम प्रदेशका सीमावर्ती जिल्लाहरुलाई भारतसँग जोड्ने मोटरेबल र झोलुङ्गे पुलको बारेमा छलफल हुने पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालका विभिन्न जलविद्युत उत्पादन हुने नदीमा नेपालको हीत सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायतका संरचनाको निर्माण गर्ने, जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय हाम्रो प्राथमिकताको विषय रहने बताउनुभयो । उहाँले नेपालका विभिन्न जलविद्युत उत्पादन हुने नदीमा नेपालको हीत सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायतका संरचनाको निर्माण गर्ने, जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषय यो पटक ठोस कुराकानी गर्ने र पञ्चेश्वर परियोजनाको डिपआिर टुंगोमा लैजानका लागि छलफल हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भ्रमणमा सीमा समस्या लगायतका कतिपय विषय सम्बोधन गर्नेगरी छलफल हुने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.