संसदीय सुनुवाइ समितिले पार्‍यो पूर्णता

0

काठमाडौं \ संसदीय सुनुवाइ समितिले पूर्णता पाएको छ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लागेपछि आइतबार समितिले पूर्णता पाएको हो । राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएसँगै सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधिसभा बैठकमा प्रस्ताव गर्नुभएको नाम सभाले अनुमोदन गरेको हो ।

१५ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्र कार्की गरी चार जना रहेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र इश्वरी जीएम समितिमा रहेका छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर राणा र जसपाबाट प्रकाश अधिकारी रहेका छन् ।

१५ सदस्सीय समितिमा राष्ट्रियसभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा बैशाख १३ गते नै मनोनित भईसकेका छन् ।

Leave A Reply

Your email address will not be published.