एनआरएनए बेल्जियमको अध्यक्षमा सापकोटाको उम्मेदवारी घोषणा

0

बेल्जियम \ गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्ष पदमा सीता सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत बेल्जियमबासी वुवा आमा दाजु भाई तथा दिदी बहिनीहरुमा सहयोगको लागि अपिल गरेकी छिन् ।

बिगत २० वर्ष देखी सापकोटा बेल्जियम बस्दै आएकी छिन् । उनले बेल्जियम रहँदा विभिन्न सामाजिक कार्यहरु सँगै सक्रियता पूर्वक नेपाली समूदायका लागि परोपकारी कामहरु गर्दै आइरहेकी छिन् ।

उनले लेखेकी छिन्ः “तपाईहरुकै माझमा,तपाईहरुकै साथमा, तपाईहरुकै छोरी र दिदी,बहिनीको भुमिकामा अनी तपाईहरुका दुख सुख, गार्हो अप्ठ्यारोमा संगै छु, मैले आफ्नो क्षमताले भ्याय सम्म जती सकेँ,राम्रो गर्ने प्रयत्न गरेँ, हुन सक्छ मानव हुँ कहीँ कतै म बाट पनी नचाहँदा नचाहँदै पनी कसैको चित्त दुखाएको पनी हुन सक्छु तर नियतले कुनै कर्म गलत गरेको छैन, जती सकेँ देश देखी बिदेश सम्म आफ्नो क्षमताले भ्याय सम्म सेवा नै गर्ने प्रयत्न गरेको छु । जाने, बुझे र थाहा पाए सम्म सबैका दुःखसुख र मर्दा पर्दा हाँजिर भएकै छु र सदैव हुने नै छु । यही समाजमा बसेर तपाईहरुको साथ र समर्थन पाएर सामाजिक कार्य गर्ने अवसर र अनुभव प्राप्त गरेको छु जसको लागी यहाँहरु सबै प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछु” भनी लेखेकी छिन् ।

उनले  एनआरएनए बेल्जियमको आगामी २०२३–२०२५ को नेतृत्वको लागि आफुलाई समय र परिस्थितिको साथ अनी समाजसेवाको लागि योग्य ठानेर एनआरएनए बेल्जियमको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको लेखेकी छिन् । उनले बेल्जियम बासीहरु माझ समाज प्रतिको प्रतिवद्धता सहितको घोषणा पत्र र सशक्त समाबेसी टिम सहित छिटै आउने बताएकी छिन् ।

Leave A Reply

Your email address will not be published.