संसद बैठकमा एमालेको अवरोध

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

नेकपा माओवादीका सांसद राजन दाहालले  पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

सत्तापक्षका नेताले विना कुनै आधार भ्रष्टाचारको आरोप लगाएको भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका थिए ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई आ-आफ्नो सिटमा बस्न आग्रह गरे पनि उनीहरूले मानेनन् । त्यसपछि सभामुख घिमिरेले बैठक २० मिनेटका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिने कार्यक्रम तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.