भारतसँगको सम्बन्ध नेपालको लागि अवसर : सांसद राई

0

काठमाडौं \ नेकपा(एमाले)का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताउनुभएको हो । उहाँले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताउनुभयो । उहाँले भारतसँगको सम्बन्धलाई अवसरको रुपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताउनुभयो ।

सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मुल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरुको आधिकारिताको सम्बन्धमा प्रश्न उठाउनुभयो । उहाँले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.