बागमती प्रदेशमा थप ६ मन्त्रीले सपथ लिने तयारी

0

हेटौंडा \  बागमती प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरुलाई आजै सपथ खुवाउने तयारी थालिएको छ ।

बागमती प्रदेशमा ६ जना नयाँ मन्त्रीहरु थपिनेछन् ।  जसमध्ये नेकपा समाजवादी दलबाट डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

त्यस्तै, नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई पछि मन्त्रालय तोकिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले बताउनुभयो ।

यस अघि माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल,भौतिक पूर्वाधार विकासमा युवराज दुलाल, सामाजिक विकासमा कुमारी मोक्तान, गंगानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री भइसकेका छन् । नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमा तीर्थ बहादुर लामाले मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् ।

Leave A Reply

Your email address will not be published.