सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोज्यो : ओली

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री बनाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महिनामै सरकारको मुटु प्रत्यारोपण गरेको टिप्पणी गरेका छन् ।

आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले सरकारको मुटु प्रत्यारोपण गर्नतिर लागेको भन्दै विशाल हृदयका साथ आफूले नीति तथा कार्यक्रमको दस्तावेज सुनेको र पढेको बताए ।

अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको बताए ।

उनले भने, ‘यस्तो संकट आउँदा पनि सरकार मौन छ । सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन मात्र होइन, रोम जलिरहेछ, निरो बाँसुरी बजाइहेछ ।’

Leave A Reply

Your email address will not be published.