काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतीय सवारी साधन बनाइरहको यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको निर्देशनमा शुरुमा यात्री मोटरसाइकल दर्ता भए पनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको बताएका हुन् ।
सांसद थापाले भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता नगरेको भन्दै सरकारले जरिवाना लिने गरेको बताए । पहिले कानून नभएका कारण दर्ता नभएको तर आफैं ढिलो कानून बनाउने निकायले दर्ता ढिलो किन गरेको भन्दै जरिवाना लिने गरेको उनले बताए ।
सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने उनले बताए । सांसद थापाले यो विषय उद्यमीसँग मात्र पनि सम्बन्धित नभई स्वदेशी उत्पादन प्रयोग गर्न चाहने उपभोक्तासँग पनि सम्बन्धित भएको बताए ।